क्षणिक आवेगमा डरलाग्दा अपराध



२५ फागुन २०७६, काठमाडौं

आज कान्तिपुर दैनिकले ‘सनकले सखाप’ शीर्षकमा समाचार लेखेको छ । जसमा रोल्पाको त्रिवेणी, नुवागाउँका खर्कबहादुर बिक र गणेश विक दाजुभाइ पर्थे । घरायसी विवाद भयो । आफन्तले उनीहरुलाई मिलाउने प्रयास गर्दै थिए । एक दिन गणेशका ५ वर्षीय छोरा प्रेम र ३ वर्षकी छोरी वसन्ती आँगनमा खेलिरहेका थिए । खर्कले प्रेम र वसन्तीमाथि एक्कासि बन्चरो हाने, दुवैको मृत्यु भयो । खर्कको क्षणिक रिसले दुई कोपिला फुल्नै नपाई चुँडिए ।

सामान्यतया, मानिसले कुनै उद्देश्य राखेर र योजना बनाएर हत्या गर्छ भन्ने ठानिन्छ । तर, तत्कालको रिस थाम्न नसक्दा हत्या गरिएका घटना प्रशस्त छन् । विज्ञहरुका अनुसार नियोजित अपराधभन्दा क्षणिक आवेगमा हुने अपराध डरलाग्दा हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्