काठमाडौंमा वाटर एटीएम राखिँदै, २ रुपैयाँमा एक कप पानी



२५ फागुन २०७६, काठमाडौं

राजधानीको ६ स्थानमा अत्याधुनिक वाटर एटीएम राखिने भएको छ । राजधानीमा पार्क घुम्न आउने बटुवालाई स्वच्छ पानी खुवाउने अभियानसहित काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले ती स्थानमा वाटर एटीएम जडान गर्न लागेको हो ।

अबको करिब एक महिनाभित्र ती सबै स्थानमा वाटर एटीएम जडान भइसक्ने काठमाडौं महानगरपालिका शहरी योजना आयोगले जनाएको छ । २ सय मिलिलिटर कपमा प्रतिकप दुई रुपैयाँ लिने व्यवस्था भएको एटीएममा रकम सटही गर्नेसमेतको प्रविधि जडान गरिएको छ ।

दुई रुपैयाँको क्वाइन नभएको अवस्थामा एटीएम मेसिनमा नोट छिराएपछि दुई रुपैयाँ काटेर एटीएमबाट रकम फिर्ता लिने व्यवस्था गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्