सरकारले विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गर्न हुँदैन : सह-संयोजक तामाङ



२४ फागुन २०७६, काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सह-संयोजक रञ्जित तामाङले सरकार र निजी शैक्षिक संस्थाले विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै आपत्ति जनाएका छन् ।

विश्वभरी महामारीको रुप लिइरहेको नोभल कोरोना भाइरसको संक्रमणबाट जोगिन अनेरास्ववियूले विद्यालय बन्द गर्न अनुरोध गरेको थियो तर सरकार र विद्यालयहरुले कुनै चासो नदिएको प्रति असन्तुष्ट व्यक्त गरे ।

अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले परिवर्तन खबरसँग भने, ‘सरकारले भीडभाडमा नजानु भन्ने तर, ठूलो संख्यामा विद्यार्थी पठनपाठन गराउने शैक्षिक संस्था निर्वाध रुपमा सञ्चालन हुनुले विद्यार्थीको स्वास्थ्यमाथि नै खेलवाड भएको छ ।’

अनेरास्ववियूका सह-संयोजक तामाङले सामाजिक सञ्जालमार्फत लेखेका छन्,

प्रतिक्रिया दिनुहोस्