सागमा पदक विजेता गल्फ खेलाडी सम्मानित



२४ फागुन २०७६, काठमाडौं

नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता गल्फ खेलाडी सम्मानित भएका छन् ।

नेपाल गल्फ संघले शुक्रबार सागका पदक विजेता खेलाडी, प्रशिक्षक र टिम व्यवस्थापकलाई सम्मान गरेको हो । यस्तै संघले खेलाडीलाई गल्फको खेल सामग्री समेत प्रदान गरेको छ ।

सागमा नेपालले गल्फमा दुई स्वर्ण र दुई कास्य जितेको थियो ।

नेपालका सुवास तामाङले स्वर्ण जितेका छन् । यस्तै शुक्र बहादुर राईले कास्य जितेका थिए ।

नेपालले पुरुषको टिम इभेन्टतर्फ पनि स्वर्ण पदक जितेको थियो । टिम इभेन्टमा नेपालबाट सुवाससहित शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङ रहेका छन् ।

महिलाको टिम स्पर्धामा नेपालले कास्य जितेको थियो । महिला नेपाली टिममा काश्मिरा शाह, रबिना श्रेष्ठ र उस्मा कोइराला रहेकी थिइन् ।

खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, संघका अध्यक्ष् टासी घले लगायतले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्