संघीय सरकारविरुद्ध मुद्दा हाल्दै प्रदेश नं. २



२३ फागुन २०७६, काठमाडौं

प्रदेश नं. २ ले संघीय सरकारविरुद्ध मुद्दा हाल्ने भएको छ।

वीरगञ्ज चिनी मिलको जग्गा बेच्ने संघीय सरकारको निर्णयविरुद्ध प्रदेशले संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको हो।

शुक्रबार (आज) बसेको न्त्रिपरिषद्को बैठकले चिनी मिलको जग्गा विक्री रोक्न र सरकारी कार्यालय आफ्नो मातहत ल्याउन संघीय सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुद्दा दायर गर्ने निर्णय गरेको हो।

प्रदेश नं. २ मन्त्रिपरिषद्को बैठकले सरकारी जग्गा हस्तान्तरण, वीरगञ्जको चिनी मिलको जग्गा विक्रीमा रोक र संघीय सरकार मातहत रहेको कार्यालय प्रदेश मातहत ल्याउन संवैधानिक इजलासमा मुद्दा हाल्ने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए।

“प्रधानमन्त्रीसहितको भेटमा धेरै पटक यी मुद्दामा कुरा भए पनि संघीय सरकारको रबैया फेरिएन।” मुख्यमन्त्री राउतले भनेका छन्। ‘संविधानको अनुसूचीमा रहेका अधिकार अब कानूनी लडाइँमार्फत् प्राप्त गर्ने छौं।’

गत ५ फागुनको संघीय सरकारको मन्त्रिपरिषद् बैठकले वीरगञ्ज महानगरपालिका–१४ स्थित चिनी कारखानाको जग्गामध्ये ६ बिघा जग्गा विक्री गर्ने निर्णय गरेको थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्