मुख्यमन्त्रि राई सोलुखुम्बुको महाकुलुङ्गमा



२३ फागुन २०७६, काठमाडौं

प्रदेश नम्बर १ का मुख्यमन्त्रि शेरधन राई सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिका पुगेका छन् । महाकुलुङ्ग गाउँपालिकाका स्थानीय बासिन्दाहरुले भव्यताका साथ फूलमाला अर्पण गरि राईलाई स्वागत गरेका छन् ।

जिल्लाकै दुर्गम मानिएको दुधकोशी पारिको स्थानीय तह महाकुलुङ्ग गाउँपालिकामा प्राथमिक अस्पतालको उद्घाटनका लागि मुख्यमन्त्रि राई सहित प्रतिनिधि सभा सदस्य हेम कुमार राई सुरवीर’, प्रदेश सभा सदस्य उत्तम कुमार बस्नेत र बुद्धिकुमार राजभण्डारीको टोली महाकुलुङ्ग पुगेको हो ।

करिब ४५ लाखको लागतमा आवश्यक मेसिन, भौतिक संरचना, औषधि खरिद सम्पन्न गरिसकिएको छ । एक चिकित्सकको व्यवस्था गरि भिडियो एक्सरे, ल्याव, वर्थिङ सहितको प्राथमिक अस्पतालले सेवा प्रवाह थालिसकेको भएपनि आज उद्घाटन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्