रेडियो नेपालको प्रसारण पहुँच सबै क्षेत्रमा प्रभावकारी रुपमा पर्‍याउन सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाको निर्देशन



२३ फागुन २०७६, काठमाडौं

अर्थ, सञ्चार तथा सुचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पुर्‍याउने गरी योजना बनाउन निर्देशन दिएका छन् ।

मन्त्री खतिवडाले बिहिबार (आज) सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरीक्षणको क्रममा रेडियो नेपालको आधुनिकिकरणको प्रयाश सकारात्मक रहेको बताएका छन् । उनले प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै देशैभर सुनिने रेडियो प्रशारण सेवालाई प्रभावकारी बनाउँन निर्देशन दिएका छन् ।

मन्त्री खतिवडाले पछिल्लो समय फैलिएको कोभिड १९, कोरोना भाईरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले यसबाट त्रसित नहुन तर सचेत र सतर्कता अपनाउने गरी सबैमा जनसचेतनामुलक सुचना प्रचार सामग्री प्रसारण गर्न पनि आग्रह गरेका छन् ।

सञ्चारमन्त्री डा. खतिवडाले रेडियो नेपालको वजेटको अर्धवार्षिक समिक्षा गर्न र त्यस अनुरुपको योजना बनाउन, रेडियो नेपालका बैद्धिक सम्पतिको संरक्षण तथा व्यवसायिक उपयोगमार्फत् आम्दानी बढाउन, त्यसबाट पेन्सन कोषको व्यवस्था गराउन र रेडियो नेपालबाट प्रसारित गीत संगीतको डिजिटिलाईजेशन गरी त्यसबाट समेत आम्दानी गर्न निर्देशन दिए ।

उनले रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र संस्थान लगायतका राज्यका संचार माध्यम बीचको अनतरसम्बन्ध बलियो हुनुपर्नेमा जोड समेत दिएका छन् ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री समक्ष रेडियो नेपालले गरिरहेका काम कारवाही र आगामी योजनाका बारेमा जानकारी गराएका छन् ।

कार्यक्रममा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष समेत रहेका सञ्चार मन्त्रालयका सचिव दिपक सुबेदी सहित मन्त्रालयका पदाधिकारीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्