कोरोना सन्त्रास : इपीएल स्थगित



२२ फागुन २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड19) का कारण आगामी १ चैत्रदेखि १५ सम्म हुने भनिएको एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिता स्थगित हुने भएको छ।

इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका लागि स्थगित गरिएका जानकारी दिए।

उनले अर्को घोषणा नभएसम्मका लागि लिग स्थगित गरिएको जानकारी दिएका छन्। विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्को मिती घोषणा गर्ने उनले बताए।

इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुने तय थियो। प्रत्यक्ष खेल हेर्नका लागि हजारौं दर्शक भेला हुने भएकाले खेलकुद प्रतियोगिता प्रभावित भएको हो।

प्रतिक्रिया दिनुहोस्