
२२ फागुन २०७६, काठमाडौं
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना भाइरसका कारण भिडभाड जम्मा कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ।
बिहीबार एक सूचना जारी गर्दै भीडभाड, भेला, सम्मेलन जस्ता कार्यक्रम नगर्न आग्रह गरेको हो।
जारी सूचनामा भनिएको छ ‘कोरोना संक्रमणबाट जोगिनका लागि भीडभाडमा नजान तथा भेला, सम्मेलन नगर्न अनुरोध छ।’ ‘विभिन्न प्रकारका उत्सव, मेला, पर्व (होली)लगायतका कार्यक्रम नगर्न अनुरोध गरिएको सूचनामा उल्लेख छ।
त्यस्तै सिन्धुपाल्चोकलगायत अन्य जिल्लाहरुमा पिन भीडभाड हुने कार्यक्रम नगर्न प्रशासन कार्यालयले अनुरोध गरेको छ।





