‘कोरोना भय’ : कांग्रेसद्वारा सभा-सम्मेलन स्थगित, सतर्कता अभियान सञ्चालन



२१ फागुन २०७६, काठमाडौं

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ठूला सभा-सम्मेलन स्थगित गर्ने भएको छ।

कोरोना भाइरसका कारण कांग्रेसले आन्तरिक भेला, सम्मेलन नगर्न आफ्ना सबै निकायहरुलाई निर्देशन गरेको हो।

बुधबार (आज) पार्टी मुख्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले अर्को सूचना जारी नभएसम्म भेला, सम्मेलन नगर्न निर्देशन दिएका हुन्।

१४ औं महाधिवेशनको लागि हुने अन्य तयारीका कार्यक्रम भने जारी रहने शर्माले बताए।

“विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको छ।” प्रवक्ता शर्माले भने।

यस्तै कांग्रेसले सतर्कता अभियान पनि सञ्चालन गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्