डाक्टरको सुझावः कोरोनाको त्रास छ? आत्तिनुपर्दैन…



२१ फागुन २०७६, काठमाडौं

-कोरोना कमजोर भाइरस हो। यसको संक्रमण सबैलाई हुँदैन।

-दीर्घ रोगी, वृद्धवृद्धा तथा अन्य रोगसँग लड्ने क्षमता नभएका केही व्यक्तिलाई मात्र यो संक्रमण सर्न सक्छ।

-कोरोना सर्‍यो भनेपनि आत्तिनु हाल्नु पर्दैन। यसको मृत्युदर निकै कम छ। १०० जनालाई संक्रमण भयो भने २ देखि ३ जनाको मात्र मृत्यु हुनसक्छ।

-सामान्य रुघाखोकीले विश्वमा प्रत्येक वर्ष ४,५०,००० व्यक्तिको मृत्यु हुन्छ भन्ने तथ्य बिर्सनु हुँदैन।

-कोरोना संक्रमणको औषधि छैन। तसर्थ: उपचारमा धेरै खर्च हुँदैन।

-ज्वरो आए पारासिटामोल खाने, खोकी र सास फेर्न सजिलो हुने औषधि खाने, मनतातो झोलिलो खाना खाइरहने, आराम गर्ने, गाह्रो भएमात्र अस्पताल जाने।

-कोरोना संक्रमण भएको १ व्यक्तिले औसत ३ देखि ६ जनालाई मात्र रोग सार्न सक्छ। तसर्थः कसैलाई संक्रमण भयो भन्दैमा सबै आत्तिनु पर्दैन।

-शहरमा संक्रमण तीब्र देखिन थालेमा गाउँ जानु उत्तम बिकल्प हो। गाउँमा कोरोना संक्रमण फैलिने सम्भावना एकदमै न्यून हुन्छ।

-विश्वासिलो मिडियाको मात्र समाचार पढ्ने, सुन्ने, विश्वास गर्ने बानी बसाल्दा अनावश्यक मानसिक दबाब झेल्नु पर्दैन।

-बजारमा मास्कको अभाव छ। कोरोना संक्रमण रोक्नको लागि मास्कको भूमिका निकै कम छ। बराबर हात धुने, सफा रहने गर्‍यो भने कोरोना संक्रमण सर्दैन। तसर्थः मास्क नपाएपनि डर मान्नु पर्दैन। मास्कभन्दा पंजा महत्त्वपूर्ण छ।

-कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम हो। हामीकहाँ गर्मी शुरू भएको छ। तसर्थः जाडोमा जस्तो छिटो फैलिने सम्भावना एकदम कम छ।

-कोरोना भाइरसविरुद्ध खोप, औषधि आदिको अनुसन्धान भइरहेको छ।

-क्यान्सरलाई त आत्मबलले जित्न सकिन्छ भने यो केवल रुघा हो। तसर्थ डराउनु पर्दैन।

-यसको रोकथाम हाम्रो हातमा छ। भीडभाडमा नजाने, हात धोइरहने, विना काम घर बाहिर नजाने गर्दा ९०% रोकथाम हुन्छ।

प्रतिक्रिया दिनुहोस्