
२१ फागुन २०७६, काठमाडौं÷छाँया नेपाल
शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहदा उनको स्वास्थ्यलाभको कामना सहित पशुपति नाथ मन्दिरमा बिषेश पूजापाठ गरिएको छ ।
पशुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना सहित पशुपति नाथमा बुधबार (आज) पहिलो प्रहरको पुजापाठ गराएका हुन् । मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पशुपति नाथमा बिषेश पूजापाठ गराउन लागेको समेत जानकारी गराए ।





