
२१ फागुन २०७६, एजेन्सी
भारतमा एक युवकले एकै पटक दुईजना युवतीसँग विवाह गरेका छन् ।
भारतको उत्तरप्रदेश, प्रयागराजको कर्नलगञ्ज इलाकामा उक्त विवाहको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त युवक दुवै युवतीसंग प्रेममा रहेका थिए ।
उनकी पहिली प्रेमिकासँग लामो अफेयर हुदाँ/हुँदै पनि अर्की युवतीसँग पनि उनी प्रेममा परेका हुन् । पहिली युवतीसँग विवाहको विषयमा झगडा परेर पुलिस केससमेत परेपछि युवक दोस्रो युवतीसँग विवाह गर्न तयार भएका थिए ।
युवकले आफ्नो घरनजिकै मन्दिरमा दुवै प्रेमिकासँग एकसाथ विवाह गरेका हुन् । आफन्त र साथीभाइको उपस्थितिमा दुवै प्रेमिकालाई सिन्दुर र मंगलसुत्र लगाएर विवाह सम्पन्न भएको थियो ।





