नेपालमा कोरोना संक्रमित सुन्यमा



२१ फागुन २०७६, काठमाडौं

नेपालमा कोरोना संक्रमित एक जना भेटिएका थिए। ती संक्रमित चीनबाट फर्किएका थिए।

उनको चिकित्सकको विशेष निगरानीमा उपचार भएर संक्रमणमुक्त भई घर फर्किए।

स्वास्थ्य सेवा विभागको तथ्यांकमा पछिल्लो समय नेपालमा कसैमा पनि कोरोना भाइरस संक्रमित छैनन्।

बेला–बेलामा भाइरसको आशंकामा अस्पताल भर्ना हुनेहरु छन्। तर, सबैको परीक्षणबाट नेगेटिभ परिणाम आयो।

सोमबार पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चारजना विरामी भर्ना भए। उनीहरुको कोरोना भाइरसको आशंका गरिएको थियो। तर, रिपोर्ट नेगेटिभ आयो।

यसअघि पनि कोरोनाको आशंकामा मानिसहरु परीक्षणका लागि पुगेका थिए। तर, कसैमा पनि रिपोर्ट पोजेटिभ आएन।

चीनबाट ल्याइएका नेपालीहरुलाई पनि विशेष निगरानीमा राखी पटक पटक टेष्टका क्रममा नेगेटिभ देखिएपछि सोमबार नै घर पठाइएको छ।

नेपालमा कोरोना भाइरसका कुनैपनि विरामी नरहेपनि रोगको जोखिम रहेको विश्व स्वास्थ्य संगठनले जनाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्