प्रधानमन्त्रीको शल्यक्रिया ९ बजेदेखि सुरु हुँदै, ५ घण्टामा सकिने



२१ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी ओलीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् ।

ओली सोमबार साँझ नै शिक्षण अस्पताल महाराजगन्ज भर्ना भएका थिए ।

शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दै छ ।

बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने डा. ज्ञवालीले बताए । पाँच घन्टामा प्रत्यारोपणको काम सकिनेछ ।

आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्