

२० फागुन २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामान्य रुघाखोकी लागेको छ।
रुघाखोकी लागेकै कारण उनले सबै भेटघाट बन्द गरेको श्रोतले बताएको छ। स्रोतका अनुसार उनी केही दिनदेखि घरमै आराम गरेर बसेका छन्।
“ठूलो समस्या होइन। सामान्य रुघाखोकी हो।” श्रोतले भनेको छ, ‘उहाँ केही दिनदेखि घरमै आराम गरेर बस्नुभएको छ। केही समयको लागि भेटघाट पनि नगर्ने भन्नुभएको छ।’
फाइल तस्वीर