प्रचण्डले गरे प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपणको कामना !



२० फागुन २०७६, काठमाडौं

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन्।

अध्यक्ष प्रचण्डले मंगलबार (आज) आफ्नो आधिकारिक फेसबूक पेजमा प्रधानमन्त्रीको तस्वीर राख्दै सफल मिर्गौला प्रत्यारोणसँगै शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्।

“उहाँ (प्रधानमन्त्री)को दोश्रो पटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।” अध्यक्ष प्रचण्डले उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओली प्रत्यारोपणको चिकित्सकीय तयारीका लागि सोमबार (हिजो) नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भइसकेका छन्।
♦ ‘सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्नँ’ [प्रमको भिडिओ सन्देश]
उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गर्ने भएकी छिन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्