बागमती प्रदेश सभामा पनि ‘गाँजा विधेयक’



२० फागुन २०७६, काठमाडौं

बागमती प्रदेश सभामा पनि गाँजा विधेयक दर्ता भएको छ।

गाँजा खेतीलाई वैधानिक बनाउन माग गदै बागमती प्रदेश सभा सचिवालयमा ‘गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ दर्ता भएको हो।

मंगलबार (आज)को प्रदेश सभा बैठकमा प्रदेश सभा सदस्य केशव स्थापितले आफूले सो सम्बन्धी विधेयक सचिवालयमा दर्ता गराएको बताए।

सो विधेयक सचिवालयमा निजी विधेयकका रुपमा दर्ता भएको हो। उक्त विधेयक प्रदेश सभाको ५३ औं विधेयक हो।
⇒ ‘संसदमा ‘गाँजा खेती विधेयक’ : १८ वर्षपछि खेती, २१ वर्षपछि विक्री-वितरण
यसअघि सभामा दर्ता भएका ५२ वटा विधेयक सरकारका तर्फबाट मात्र दर्ता भएको संसद् सचिवालयका प्रवक्ता विनोद अमात्यले बताए।

सोमबार (हिजो) संघीय संसद् सचिवालयमा सांसद शेरबहादुर तामाङले गाँजासम्बन्धी विधेयक दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्