अर्थमन्त्री खतिवडाद्वारा राजीनामा [राजीनामा पत्रसहित]



२० फागुन २०७६, काठमाडौं

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्।

मंगलबार (आज) नै राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यहरुको मंगलबारदेखि नै कार्यकाल सकिएको छ।

खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत् राजीनामा दिएका हुन्।

मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुनः मन्त्री पदको कार्यभार सम्हाल्ने छन्।

उनले सञ्‍चार तथा सूचना प्रविधिमन्त्रीको नियुक्ति लिएर सपथग्रहण गर्ने बताइएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्