प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै अनेरास्ववियूले दीप प्रज्वलन गर्ने



२० फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सफल मृगौला प्रत्यारोपण तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मंगलबार साँझ (आज) माईतीघर मण्डलामा अनेरास्ववियूले दीप प्रज्वलन गर्ने भएको छ ।

दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन अनेरास्ववियूका संयोजक ऐन महरले युवा विद्यार्थी तथा आम नागरिकलाई अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले अस्पताल भर्ना हुन जानुअघि भिडियो सन्देश जारी गर्दै मिर्गौला प्रत्यारोपणपछि थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्