अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न सरकारको निर्देशन : प्रक्रिया नै मिचेर पशुपति विकास कोषको जम्बो टोली विदेश भ्रमण जादैँ



२० फागुन २०७६, काठमाडौं

कोरोनाको भाईरसको विश्वव्यापी असरको कारण अत्यावश्यक बाहेक विदेश भ्रमण नगर्न नेपाल सरकारले आम नेपालीहरुलाई अपिल गरिरहेको छ । सरकारी अपिलको अवज्ञा गर्दै सरकार मातहतको निकाय पशुपति क्षेत्र विकास कोषले विधि प्रक्रिया र योग्यता मिचेर १० दिने जम्बो टोलीको भ्रमण तय गरेको छ ।

श्रोतका अनुसार आजसम्म पशुपति क्षेत्र विकास कोषको ईतिहासमा बोर्ड सदस्यले आन्तरिक सम्वाद पत्र लेखेर भ्रमण गर्ने गरेको छैन । कोषका बोर्ड सदस्य भगवती प्रसाद देवले सदस्य सचिवलाई अनुरोध गर्दै १५ दिने भ्रमण अनुमति माग्दै आन्तरिक संवाद पत्र लेखेका छन् जसमा सदस्य सचिव प्रदीप ढकालले तोक लगाए ।

भ्रमण टोलीमा छनोट भएका व्यक्तिहरुको बारेमा समेत प्रश्न उठेको छ । मन्दिर र संस्कृति हेर्ने भन्दै छनोट गरिएका व्यक्तिहरु समेत जिम्मेवारीका हिसाबले फरक ठाउँका पारिएका छन् । सिकाई भ्रमणमा छानिएका मुख्य लेखा अधिकृत आगामी बैशाखमा रिटार्यड हुँदैछन् । उनले सिकेर कोषलाई केही योगदान हुने देखिदैन् ।

भ्रमणमा छानिएका प्राय सबै व्यक्तिहरु पटकौं भ्रमणमा गईसकेका छन् तर एक पटक पनि सिकाई भ्रमणमा नगएकाहरु समेटिएका छैनन् । अझ लजास्पद विषय के छ भने २० औँ वर्षदेखि स्थायी रुपमा कार्यरत कर्मचारीहरुले अवसर पाएका छैनन् । मन्दिरमा कार्यरत अधिकृत ईश्वरमान राजभण्डारी अहिलेसम्म भ्रमणमा जानै पाएका छैनन् भने गुरु योजना अधिकृत भनेर करारमा राखिएकी सदस्य सचिवकी व्यक्तिगत सहयोगी भावना पराजुली समेत भ्रमणमा योग्य भएकी छिन् ।

निवेदन र तोक सम्बन्धि पत्र :

प्रतिक्रिया दिनुहोस्