सरकारले भन्यो, ‘अत्यन्तै जरुरी कामबाहेक विदेश यात्रा नगर्नु’



१९ फागुन २०७६, काठमाडौं

सरकारले अत्यन्तै जरुरी कामबाहेक विदेश यात्रा नगर्न आग्रह गरेको छ।

विश्वव्यापी रुपमा देखिएको कोभिड १९ (कोरोना भाइरस)को संक्रमणलाई मध्यनजर गर्दै सरकारले महत्वपूर्ण कामबाहेक विदेश यात्रामा ननिस्कन आग्रह गरेको हो।

सोमबार (आज) परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले सम्पूर्ण नेपालीको लागि ‘ट्राभल एड्भाइजरी’ जारी गरेको जानकारी दिए।

उनले मुलुकमा अन्तर्राष्ट्रिय सभा–सम्मेलन गर्न पनि केही समयको लागि रोक लगाइएको बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्