देउवाद्वारा प्रधानमन्त्रीलाई सफल मिर्गौला प्रत्यारोपणको कामना!



१९ फागुन २०७६, काठमाडौं

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन्।

सोमबार (आज) सभापति देउवाले आफ्नो आधिकारिक ट्वीटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दे शिघ्र स्वास्थ्य लाभसँगै सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका हुन्।

“मेरा मित्र केपी शर्मा ओलीजीको मिर्गौलाको सफल प्रत्यारोपणको शुभकामना व्यक्त गर्दै सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।” देउवाले ट्वीटरमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आउँदो बुधबार (पर्सि) हुँदैछ। त्यसको चिकित्सकीय तयारीका लागि उनी अस्पताल भर्ना भएका हुन्।

उनलाई भान्जी समीक्षा संग्रौलाले मिर्गौला दान गर्ने भएकी छिन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्