‘नेकपा कार्यदलको सुझावसहित एमसीसी पारित हुन्छ’



१९ फागुन २०७६, काठमाडौं

मिलेनियम् च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे विस्तृत अध्यन गर्न बनेको नेकपा कार्यदलका सदस्य प्रदीपकुमार ज्ञवालीले एमसीसी सम्झौता कार्यदलको सुझावसहित पारित हुने बताएका छन्।

सोमबार (आज) परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले संसदमा विचाराधिन अवस्थामा रहेको एमसीसी सम्झौता नेकपा कार्यदलको सुझावसहित पारित हुने बताएका हुन्।

“सरकारले एमसीसी पारित गर्नकै लागि संसदमा दर्ता गरेको हो। सरकारको पोजिसन त्यही नै हो। तर, यसबीचमा केही सझुावहरु पार्टीका तर्फबाट कार्यदलले दिएको छ।” मन्त्री ज्ञवालीले भने, ‘ती सझुावसहित एमसीसी सम्झौता पारित हुन्छ।’

ज्ञवालीले कार्यदलले प्रतिवेदन पार्टी अध्यक्षद्वयलाई बुझाइसकेको बताउँदै यसबारे भने अहिल्यै बोल्न उचित नहुने प्रतिक्रिया दिए।

सत्तारुढ पार्टीभित्रै विवादित बनेपछि नेकपा केन्द्रीय कमिटी बैठले नेकपा वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेकता नेताद्वय भीम रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहने गरी नेकपा कार्यदल बनाएको थियो।

उक्त कार्यदलले यसअघि नै अध्ययन प्रतिवेदन पार्टीमा बुझाइसकेको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्