प्रधानमन्त्री अस्पताल भर्ना



१९ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन्।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।

बुधबार (पर्सि) प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको मिती तय गरिएको छ। त्यसको चिकित्सकीय तयारीका लागि उनी आज अस्पताल भर्ना भएका हुन्।

करीब १२ वर्ष पहिले पहिलो पटक प्रत्यारोपण गरेको ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि पछिल्लो समय उनले नियमित डायलासिस गराउँदै आएका थिए।

प्रधानमन्त्रीलाई उनकी भान्जी समीक्षा संग्रौलाले मिर्गौला दिने भएकी छिन्।

प्रतिक्रिया दिनुहोस्