त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनमा प्रधानमन्त्री



१९ फागुन २०७६, काठमाडौं

दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि त्रिवि शिक्षण अस्पतालले ६०१ नम्बर क्याबिन छुट्याएको छ।

अस्पताल श्रोतका अनुसार सोमबार (आज) अपरान्ह भर्ना हुन लागेका ओलीका लागि उक्त क्याबिन छुट्याएर तयारी अवस्थामा राखिएको हो।

अस्पतालले ६०१ नम्बर क्याबिन भीभीआइपी क्याबिन रहेको प्रधानमन्त्रीको उपचारका संलग्‍न एक चिकित्सकले बताए।

शिक्षण अस्पतालको एनेक्स वार्डका ६०१ र ६०२ नम्बरका दुईवटा क्याबिन भीभीआइपीका लागि छुट्याएको छ।

यी दुई क्याबिन अस्पतालका सबैभन्दा सुविधासम्पन्‍न मानिन्छन्। दुई भीभीआइपी क्याबिनमध्ये ६०१ नम्बर क्याबिनमा मिर्गौला प्रत्यारोपणका क्रममा प्रधानमन्त्री रहनेछन्।

प्रधानमन्त्रीलाई मिर्गौला दिन लागेकी समीक्षा संग्रौला पनि सोमबार (आज) नै अस्पताल भर्ना भएकी छिन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्