कोरोना सन्त्रासका कारण ‘सगरमाथा संवाद’ स्थगित



१९ फागुन २०७६, काठमाडौं

आगामी चैत्रमा हुने भनिएको ‘सगरमाथा संवाद’ कार्यक्रम स्थगित भएको छ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार (आज) पत्रकार सम्मेलन गरी संवाद स्थगित भएको जानकारी दिए।

आफ्ना उपलब्धिहरु विश्वलाई सुनाउने उद्देश्यका साथ सरकारले ‘सगरमाथा संवाद’को अवधारणा अघि सारेको हो।

२ अप्रिलदेखि ४ सम्म हुने भनिएको पहिलो संवादमा ‘जलवायु परिवर्तन’बारे विश्वलाई सन्देश दिने उद्देश्य सरकारले लिएको थियो।

तर, कोरोना भारस विश्वव्यापी रुपमा फैलिएपछि सरकारले सगरमाथा संवाद स्थगित गर्ने निर्णय लिएको हो।

प्रतिक्रिया दिनुहोस्