प्रवासी नेपाली एकता मञ्च कतारद्वारा प्रधानमन्त्रीलाई सफल मिर्गौला प्रत्यारोपणको कामना!



१९ फागुन २०७६, काठमाडौं

प्रवासी नेपाली एकता मञ्च, कतारले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेको छ।

मञ्चले सोमबार (आज) एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री अ‍ोलीलाई सिघ्र स्वास्थ्य लाभसँगै सफल मिर्गौला प्रत्यारोपणको कामना गरेको हो।

“सिङ्गो देश र जनता उहाँको पूर्ण स्वास्थ्य लाभ र सफल प्रत्यारोपणको प्रतिक्षामा छ। प्रवासी नेपाली एकता मञ्च कतार सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षज्यूको सफल प्रत्यारोपण एवं शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।” मञ्च कतारका अध्यक्ष चानक पोख्रेल र सचिव मोहन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ।

यस्तै विज्ञप्तिमा प्रधानमन्त्री अ‍ोली समृद्ध नेपालको परिकल्पनाकार भएको उल्लेख गर्दै ओलीलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलालाई पनि धन्यवाद दिइएको छ।

सोमबार (आज) शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएर प्रधानमन्त्री ओलीले बुधबार (पर्सि) मिर्गौला प्रत्यारोपण गराउँदै छन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्