
अष्ट्रेलियाको सिड्नीस्थित एक पशु चिकित्सालयको एउटा भिडियो सोसल मिडियामा निकै चर्चित बनेको छ । यसमा डाक्टरले १८ वर्षको ३ मिटर लामो अजिंगरको पेटबाट तौलिया निकालिरहेको देख्न सकिन्छ । भिडियो गत हप्ताको हो । वास्तवमा जंगल कार्पेट अजिंगरले तौलिया निलेको थियो । त्यसपछि अजिंगरलाई बचाउनका लागि मालिकले अजिंगरलाई सिड्नीको स्मल एनिमल स्पेशलिस्ट अस्पताल लगेका थिए ।
अस्पतालका डाक्टरले पेटबाट तौलिया निकालेर अजिंगरलाई त्यसै दिन डिस्चार्ज गरेका छन् । अजिंगरको स्थिती ठिक भएको बताइन्छ ।
अस्पतालले पोष्ट गरेको भिडियोः
Extraction:
?Monty, a jungle carpet python, swallowed a #towel
?Snakes swallow their prey whole because they can’t use their teeth to chew or tear their food
?Have specialized jaws that allow their mouth to open wider than the girth of their body to swallow their prey whole pic.twitter.com/YTdjKuQm0a
— Laurel Coons ??? (@LaurelCoons) February 28, 2020
अस्पतालले यसको भिडियो फेसबुकमा पोस्ट गर्दै लेखेको छ, ‘तौलिया र अजिंगर दुबैले अब अर्को दिन हेर्न सक्नेछन् । अजिंगरको पेटको निकै भित्रसम्म तौलिया पुगेको थियो । तौलिया निकै राम्रोसँग बाहिर निस्कयो र अजिंगरको ज्यान बच्यो । घाँटीबाट तौलिया निकाल्नका लागि एन्डोस्कोपीको मद्दतले ग्यास्ट्रोइन्टस्टाइनल ट्र्याक्टबाट तौलिया तानिएको थियो ।’ एजेन्सी





