पाँच देशका नागरिकलाई ‘अनअराइभल’ भिसामा रोक



१९ फागुन २०७६, काठमाडौं

सरकारले पाँच देशका नागरिकलाई एक महिनाका लागि अनअराइभल भिसामा रोक लगाएको छ।

गृह मन्त्रालयले चीनसहित हङकङ, इरान, इटाली, दक्षिण कोरिया र जापानका नागरिकलाई ७ मार्चदेखि ३१ मार्चसम्मको लागि अनअराइभल भिसामा रोक लगाएको हो।

ती देशका नागरिक नेपाल आउनु परे सम्बन्धित देशमै रहेका नेपाली राजदूतावास र कूटनीतिक नियोगमार्फत् कोरोनासम्बन्धी स्वास्थ्य परीक्षणसमेतको रिपोर्टका आधारमा आवश्यकता र औचित्य हेरेर भिसा लिन सक्ने जनाइएको छ।

अहिले इराकसहित १३ मुलुकका नागरिकलाई अनअराइभल भिसा सुविधा छैन। अन्य देशका नागरिकले भने नेपालमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अध्यागमनका सम्बन्धित कार्यालयमार्फत् प्रवेशाज्ञा अनुमति लिन पाउने व्यवस्था छ।

आइतबार मात्रै मन्त्रिपरिषद् बैठकले कोरोना प्रभावित मुलुकबाट आउने नागरिकलाई भिसा जारीमा कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्