नेपालमा पनि कोरोनाको त्रासः बच्न यसो गरौं



१९ फागुन २०७६, काठमाडौं

-घरबाट बाहिर सार्वजनिक यातायात प्रयोग, भीडभाडमा जाँदा वा मानिसहरुको समुह भएको कार्यस्थलमा जाँदा लाज नमानी पञ्जा(ग्लोब) तथा फेस मास्क (फेस मास्क) अनिवार्य लगाऔ।

-एक पटक प्रयोग गरिसकेको फेस मास्क वा पञ्जा पुनः दोहर्याएर प्रयोग नगरौ वा दैनिक सफा र परिवर्तन गरौँ।

-घरभित्र कोठा वा भान्छाकोठा वा बाथरुममा रहेका पुराना टावेलहरु सबै टाहइ नयाँ प्रयोग गरौं। घरका सबै सदस्यले छुट्टाछट्टै टावेल प्रयोग गरौँ तथा दैनिक रुपमा सफा राखौं।

-घरको झ्याल, ढोका खोल्दा वा बन्द गर्दा पञ्जाको प्रयोग गरौ वा खोलीसकेपछि र बन्द गरिसकेपछि ह्यान्डिल छोएको हात साबुन पानीले धोऔ वा ह्याण्ड सेनिटाइजरको प्रयोग गरौँ।

-ल्यापटप, मोवाइल, टेलिफोन, कलम, खेलौना वा अन्य नियमित प्रयोग हुने बस्तु सामग्री प्रयोग पश्चात साबुन पानीले तत्काल हात धोऔ वा ह्याण्ड सेनिटाइजरको प्रयोग गरौँ।

-घरका सबै सदस्यले आ–आफ्नै टुथब्रस, थालीरप्लेट, चम्चा प्रयोग गरौँ। नियमित प्रयोग हुने सामग्रीहरु सफा राखौँ।

-सम्भव भएसम्म शाकाहारी भोजन ग्रहण गरौँ। नसकिएमा माछा मासुजन्य बस्तु राम्रोसँग पकाएर मात्र खाने गरौँ।

-रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जिउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔँ।

-घर वा कार्यस्थलका कोठाहरु गर्मीयाम भए हावा पास भएर सफा हावा बहने गरी खुला राखौं वा जाडोयाममा भए झ्याल ढोका बन्द गरेर कोठा न्यानो राखौँ। मानिसको आवतजावत भएमा समय समयमा झ्याल खुला राखौँ।

-एक पटक प्रयोग भइसकेका भान्छा कोठाका सामग्रीहरु जस्तै चक्कु, चपिङ्गबोर्ड वा अन्य सामग्री राम्रोसँग धोएर पुनः प्रयोग गरौँ।

-खाना पकाउनु अघि वा खाना खानु अघि वा शौचालयको प्रयोग वा कुनै फोहर चीज छोए पश्चात साबुन पानीले राम्रोसँग हात धोऔँ।

-यदि कसैलाइ ज्वरो सहितको रुघाँखोकी लागेको छ भने घर भन्दा बाहिर यात्रामा नस्किऔ। घरमा छुट्टै इन्सोलेशन रुपमा राखी उपचार गरौं। बिरामीको स्याहार–सुसार गर्दा बिशेष सतर्कता अपनाऔ। मास्क र ग्लोभको अनिवार्य प्रयोग गरौं।

-दैनिक कम्तीमा ५ लिटरसम्म पानी पिऔं। सकभर काँचो खानेकुराहरु नखाऔँ।शरिर सफा राखौँ र सफा कपडा मात्र प्रयोग गरौं।

-यदि रुघाँखोकी, ज्वरोसँगै बान्ता भएमा, पखाला लागेमा र श्वास फेर्न गाह्रो भएमा तुरुन्त नजिकको अस्पताल लगिहालौँ।

प्रतिक्रिया दिनुहोस्