प्रधानमन्त्रीलाई भेट्न उपराष्ट्रपति बालुवाटारमा



१९ फागुन २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपराष्ट्रपति नन्दबहादुर पुन बालुवाटार पुगेका छन्।

मिर्गौला प्रत्यारोपणको लागि सोमबार (आज) नै अस्पताल भर्ना हुन लागेका ओलीलाई अस्पताल जानुअघि नै भेट्न उपराष्ट्रपति पुन बालुवाटार पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

प्रधानमन्त्री ओलीको मिर्गौला आगामी बुधबार दोस्रोपटक शिक्षण अस्पतालको कलेजो–मिर्गौला प्रत्यारोपण कक्षमा हुँदैछ।

त्यसको आवश्यक तयारीका लागि अन्य बिरामीलाई डिस्चार्ज दिइएको छ।

बुधबार गरिने मिर्गौला प्रत्यारोपणका लागि चिकित्सकहरूले आवश्यक तयारी गरेका छन्।

ओलीलाई भाञ्जी नाता पर्ने समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिने भएकी छन्।

प्रतिक्रिया दिनुहोस्