दोस्रो बूढानीलकण्ठ महिला फूटबल प्रतियोगिता उद्घाटन



१७ फागुन २०७६, काठमाडौं

दोस्रो बूढानीलकण्ठ महिला फूटबल प्रतियोगिता उद्घाटन भएको छ ।

उद्घाटन समारोहको पहिलो खेल ढुकु फुटसले सिद्धेश्वर सरोकार समाजलाई ६–१ गोलले पराजित गरेको छ ।

बूढानीलकण्ठ वडा नं १० स्थित ह्यान्डबल मैदानमा शुरु भएको महिला फुटबल प्रतियोगिता निरन्तर पाँच दिन सम्म संचान हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टीमले रु एक लाख, दोश्रो ५० हजार नगद, ट्रफि र मेडल दिईने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्