‘वर्ग संघर्षको कुरा गरेको चित्तै बुझेन, जुत्ता हान्दिएँ’



१८ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गरी जुत्ता प्रहार गर्ने युवक पूर्व-माओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ।

जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा भरतमोहन अधिकारीको स्मृति सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका अध्यक्ष प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए।
⇒ नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार [भिडियो सहित]
“प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको थिएँ। उहाँले वर्ग संघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन।” तिरुवाले प्रहरीसँगको बयानमा भनेका छन् ‘मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ।’

तिरुवा पछिल्लो समय नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध थिए।

प्रतिक्रिया दिनुहोस्