नेकपा कार्यकारी अध्यक्ष प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार [भिडियो सहित]



१८ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गरी जुत्ता प्रहार भएको छ।

राष्ट्रिय सभा गृहमा ‘प्रथम भरतमोहन अधिकारी स्मृति दिवस’लाई सम्बोधन गर्न त्यहाँ पुगेका अध्यक्ष प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएको हो।

जुत्ता प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ। अहिले उनलाई प्रहरी वृत सिंहदरवारमा राखिएको छ।

प्रचण्डलाई लक्षित गरी जुत्ता प्रहार भएपनि नलागेको बताइएको छ। प्रहारीका अनुसार जुत्ता प्रहार गर्नेको विवरण खुलिसकेको छैन।

पक्राउ परेका व्यक्तिसँग सोधपुछ गरिए पनि उनले बोल्न नमानेको प्रहरीको भनाइ छ।

भिडियो श्रोत : ‘विश्वकर्मा’ ट्वीटर प्रयोगकर्ता।फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्