
१७ फागुन २०७६, काठमाडौं
टोखा नगरपालिका वडा नं १० गोंगबु गणेशस्थानमा रहेको लुनार इङ्गलिस स्कूलले १६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न गरेको छ ।
शनिबार बिद्यालय प्राङ्गणमा पूर्वमन्त्री एकनाथ ढकालले बार्षिकोत्सवको उद्घाटन गरेका थिए । टोखा नगरपालिका भित्र छुटै पहिचान बनाउन सफल लुनार इङ्गलिस स्कूलले शैक्षिक क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा समेत उलेख्य सफलता प्राप्त गदै लगेको छ ।

बार्षिकोत्सवमा पूर्वमन्त्री ढकालले शिक्षामा गुणािस्तरण सुधार गर्नको निम्ति शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै सबै विद्यालयको भौतिक सुधारले मात्र नभएर शैक्षिक उपलब्धि पनि आम नागरिकले देखिने गरी हुनुपर्नेमा जोड दिए ।
नेपाल परिवार दलका अध्यक्ष समेत रहेका ढकालले बिद्यालय आफैंमा शैक्षिक कारखाना रहेको बताउँदै त्यहाँबाट उत्पादित बिद्यार्थी राष्ट्रिय क्षेत्रमा कतिको योगदान दिएका छन् त्यो हेरिनुपर्ने बताए । ढकालले पाठयक्रम पढाउनु जतिकै महत्वपूर्ण अतिरिक्त क्रियाकलाप, ब्यवहारिक, नैतिक शिक्षा लगायतको पाठहरु पनि विद्यार्थीलाई सिकाउनु पर्नेमा जोड दिए । उनले स्कूलले शिक्षा क्षेत्रमा आफूलाई अब्बल साबित गदै लगेकोमा बधाई दिए ।

कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा बिभाग प्रमुख बाबुराम गौतमले विद्यालयलले विद्यार्थीलाई संस्कारको कुरा पनि सिकाउनुपर्नेमा जोड दिदैं विद्यार्थीको मनोभावना बुझेर घोकन्ते विद्याभन्दा व्यवहारिक शिक्षा दिनुपर्ने बताए । टोखा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मधुसुदन पाण्डेले विद्यालयमा छोराछोरी पठाएर मात्र अभिभावको जिम्मेवारी पुरा भएको ठान्ने सोचको अन्त्य गनुपर्नेमा जोड दिदै अहिलका विद्यार्थीलाई प्रविधी र नेपाली संस्कृति दुबै जोडेर शिक्षा दिनुपर्ने बताए ।
लुनार इङ्गलिस स्कूलका प्रिन्सिपल बलराम भट्टले शिक्षाको उज्याले दिन स्कूल तयार रहेको बताउँदै विद्यार्थीको चौतर्फी विकासमा विद्यालय लागेको बताए । उनले अभिभावकलाई विद्यार्थीले सक्ने काम लगाउन आग्रह गदै यस्तो गरेमा मात्र विद्यार्थीले समाजलाई चिन्न सक्ने बन्ने बताए । उनले विद्यालयले पढाईसँग विद्यार्थीसँग भएको फरक क्षमताको बिकासमा समेत बिद्यालय लागेको बताए । समारोहमा पूर्वमन्त्री एकनाथ ढकालले शिक्षासेवी श्यामकृष्ण ढकाल, मुक्तिनाथ ढकाल र शिबप्रसाद ढकाललाई दोसल्ला तथा सम्मान पत्रले सम्मान गरेका थिए ।
कार्यक्रममा विद्यालयका विभिन्न गतिविधीहरुमा सहभागी तथा उत्कृृष्ट नतिजा ल्याउने छात्रछात्रालाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।





