श्रीमतीको यौनाङ्गमा सुपर ग्लु टालि गम्भीर घाइते पार्ने श्रीमान पक्राउ



१८ फागुन २०७६, एजेन्सी

अफ्रिकाको केन्यामा श्रीमानले अरुसँग अवैध सम्बन्ध राखेको आशंकामा श्रीमतीको यौनाङ्ग सुपर ग्लु टालि गम्भीर घाइते पारेका छन् ।

उद्दारकर्ताहरुका अनुसार उनले उनकी पत्नीलाई बाँधेर उनको यौनाङ्गमा सुपरग्लुले टालिदिएका थिए । र उनी फरार भएका थिए । यद्यपि,आरोपीलाई प्रहरीले पक्राउ गरिसकेका छन् । उनले प्रहरी समक्ष आफ्नो गल्ती स्वीकारेका छन् ।

श्रीमानले आफ्नी श्रीमतीको मोबाइलमा केही म्यासेज र तस्बिरहरु देखेकै आधार मानेर पत्नीको अवैध सम्बन्ध भएको आशंका गरेका थिए । श्रीमानको यस्तो व्यवहारपछि छटपटाएकी ती महिलालाई उनका छिमेकीहरुले उद्दार गरि उनलाई अस्पतालमा भर्ना गरेका थिए । उनको हालत गम्भीर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

केन्याको एउटा सानो गाउँमा कितुईमा रहने ति श्रीमान (मुसो) मजदुर हुन् । र उनी कामको सिलसिलामा घरबाट टाढा बस्ने गर्थे । उनका अनुसार उनकी श्रीमतीेले उनी घरमा नभएको समयमा परपुरुषसँग सम्बन्ध राख्ने गरेको उनको दाबी छ ।

पत्नीको गल्तीको प्रमाण:
स्थानीय मिडियाका अनुसार मुसोले आफ्नी पत्नीको दोषको प्रमाण दिएका छन् । उनले चार पुरुषहरुले पत्नीलाई पठाएका म्यासेज र तस्बिर सार्वजनिक गरेका छन् ।

प्रहरीले मुसोमाथि घरेलु हिंसाको आरोप लगाएको छ । उनकी पत्नीको प्रजनन अंगमा गहिरो चोट लागेको छ । उनको उपचार भइरहेको भए पनि उनमा बाँझोपनको समस्या आउन सक्ने डाक्टरहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्