दोस्रो बूढानीलकण्ठ महिला फूटबलको ट्रफि र टाइसिट सार्वजनिक



१७ फागुन २०७६, काठमाडौं

दोस्रो बूढानीलकण्ठ महिला फूटबलको ट्रफि र टाइसिट सार्वजनिक गरिएको छ ।

अयोजकले पत्रकार सम्मेलन गर्दै आगामी १८ गतेबाट शुरु हुन लागेको दोस्रो बूढानीलकण्ठ महिला फूटबलको ट्रफि र टाइसिट सार्वजनिक गरेको हो ।

फागुन १८ गते बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित ह्यान्डबल चौरमा हुने प्रतियोगितामा प्रथम हुने टीमले रु एक लाख, दोश्रो ५० हजार नगद, ट्रफि र मेडल दिईने आयोजक टीमका विवेक अधिकारीले बताए ।

पाँच दिने दोस्रो बूढानीलकण्ठ महिला फूटबल प्रतियोगितामा हालसम्म भ्याली भित्रका ११ टिमले सहभागिता जनाएको आयोजक समितिका विवेक अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्