मेरो ‘हिरो’ भनेको मेरो ‘आत्मविश्वास’ हो : दिपशिका घिमिरे



१७ फागुन २०७६, काठमाडौं

सानैदेखि जिज्ञासु स्वभाव एवम् एक अतभूत क्षमताकी खानी हुन–दिपशिखा घिमिरे । उनको बाल्यकाल काठमाडौंमै बितेको हो । उनको स्वभाव सानैदेखि कुनै पनि बिषयमा बोल्न रुचाउने खालको थियो । उनले सैनिक महाविद्यालयबाट अध्ययन शुरु गरेकी हुन् ।

दिपशिखा घिमिरे ग्लोकल टिन हिरो २०१८ को टप ६ प्रतिस्पर्धी हुन् । उनको बोलिबाट हरेक व्यक्ति प्रभावित भएका छन् । उनको बोली नै उनको कला हो । उनको विचारमा उनको माइक्रोफोन र मञ्चसँग सानै उमेरमा प्रेम बसेको थियो । उनमा भएको खुबी र कलालाई चिन्न उनको विद्यालयका शिक्षक, परिवार र साथीहरुले मद्दत गरेका थिए । उनको भनाइ अनुसार ‘डर’  भनेको हरेक मानिसमा हुन्छ तर निरन्तर प्रयास गर्नुपर्छ । ‘यदि हामी राम्रो वक्ता बन्न खोज्छौ भने पहिला राम्रो श्रोता र राम्रो पाठक हुनुपर्छु ।’

उनी आफुलाई ‘कोपिला’ को पुस्ता भन्न रुचाउँछिन् । उनी सबैजनालाई मुना र कोपिला पढ्नको लागि अनुरोध पनि गर्छिन् । उनको अनुभव अनुसार सामाजिक संजालले मान्छेको सिर्जनात्मक समयलाई नष्ट गरेको होइन, यो प्रयोग गर्ने तरिकामा भरपर्छ । ‘जस्तै मलाई  कविता  मन पर्छ  भने फेसबुकमा म नवराज पराजुलीसँग सम्पर्क गर्न सक्छु ।’ उनको हिरो भनेको उनको आत्मविश्वास हो । जब उनले आफूभित्र भएको आत्मविश्वासलाई भेट्टाइन तब उनमा काम गर्ने जोश आयो र एकपटक नभए अर्कोपटक सफलता मिल्छ भन्ने प्रेरणा मिल्यो । उनले आफूभित्र भएको हिरो पहिचान गरिन त्यसपछि असफल भए पनि हार खाइनन् । ‘कसैलाई प्रेरणा र हौसला दिन सकिन्छ भनेर उनलाई ग्लोकल टिन हिरोले सिकायो ।’

उनको योजना भनेको अब नेपालभर रहेका युवा तथा बालबालिकालाई उत्प्रेरित गर्ने हो । उनी अहिले नेशनल ल कलेजमा कानुन अध्ययनरत छिन् । उनी ओेकालत भन्दा बढी जनचेतना फैलाउन चाहन्छिन् । भविष्यमा उनलाई न्यायधीश बन्न मन छ । जीन्दगीमा सबैको आफ्नै दौड हुन्छ । कोही छिटो त कोही अलि ढिलो पुग्दछ्न् । त्यसैले आफूभित्र ‘मेरो हिरो खोज्नुपर्छ’ भन्ने सन्देश दिएकी छिन् ।

भिडियोमा हेर्नुहोस् दिपशिखा घिमिरेसँगको कुराकानी :

प्रतिक्रिया दिनुहोस्