मधेशी आयोगका अध्यक्ष डा. दत्त सुदूरपश्चिम प्रदेश जाँदै



१७ फागुन २०७६, काठमाडौं

मधेशी आयोगका अध्यक्ष डा. विजयकुमार दत्त सुदुरपश्चिम प्रदेश भ्रमणका लागि यही फागुन १८ गते त्यसतर्फ जाने भएका छन् ।

आयोगका अध्यक्ष डा. दत्तले सोही दिन प्रदेशका विभिन्न पदाधिकारीसँग भेटघाट समेत गर्नेछन् भने १९ गते विश्व साहित्य महोत्सवको अध्यक्षता समेत गर्ने जनाईएको छ । त्यस्तै २० गते मधेशी समुदायसँगको भेटघाट तथा छलफल पछि सीमा निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

डा. दत्त २१ गते आयोगका सरोकारवालहरुसँगको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भई २२,२३ र २४ गते डोटी, दिपायल र अछाम जिल्लामा जिल्ला प्रशासन कार्यालय तथा सरकारी निकायका प्रमुखहरुसँग छलफल गरी २५ गते धनगढीबाट काठमाडौं फिर्ता उनका स्वकिय सचिव दिपेन्द्र यादवले परिवर्तन खबरलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्