
१७ फागुन २०७६, काठमाडौं
भक्तपुरका विभिन्न स्थानमा खुलेको होटल, रेष्टुराँ तथा साना खाजाघरबाट प्रहरीले ८ जोडीलाई पक्राउ गरेको छ।
अरनिको राजमार्ग आसपासमा रहेका होटलजन्य व्यवसायमा कानूनविपरीत क्रियाकलाप हुँदै आएको सूचनाका आधारमा प्रहरीले छापा मार्दा ८ जोडी (१६ जना) पक्राउ परेका डीएसपी चक्रराज जोशीले बताए।
त्यहाँस्थित पिसफुल, प्याराडाइज, कस्तुरी खाजाघर, ए–वान र थकाली खानाघरलगायतका होटलजन्य ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
फाइल तस्वीर





