सांसद प्रदिप यादवले गरे भेडियाहीको शितलामाई मन्दिरको शिलान्यास



१७ फागुन २०७६, वीरगंज

पर्सा क्षेत्र नं. १ का संघीय सांसद प्रदिप यादवले भेडियाहीस्थित रहेको शितलामाई मन्दिरको शिलान्यास गरेका छन् ।

बीरगंज महानगरपालिकाको वडा न. १५ भेडियाहीमा रहेको सो मन्दिर पौरणीक र ऐतिहासिक साँस्कृति सम्पदाको रुपमा चिनिदै आएपनि पछिल्लो समयमा जीर्ण बन्दै गएको थियो । संरक्षणको पर्खाइमा रहेको सो मन्दिरको पुनः निर्माण गर्न जनस्तरबाट माग भए बमोजिम सोही क्षेत्रबाट निर्वाचित सांसद प्रदिप यादवले  मन्दिरको विधिवत पूजा पाठ गरी शनिबार एक कार्यक्रमका बिच शिलान्यास गरेका हुनु ।

पर्सा क्षेत्र नं १ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट १० लाखको लागतमा उपभोक्ता समिति मार्फत काम हुने गरि मन्दिरको शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै सांसद यादवले धर्म प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाजिक प्रतिष्ठा र शक्तिसँग जोडिएको र मठ मन्दिरले हाम्रो पूर्खाहरुको इतिहास, संस्कृति र भेषभूषालाई पनि जर्गेणा गर्न निकै ठूलो महत्व रहेकोले धार्मिक आस्थासँग जुटेको मठमन्दिरलाई संरक्षण, सम्बर्द्धन तथा विकास कार्यमा पनि लागेको बताए ।

‘मानव संस्कृतिको विकाससँगै धर्मको अर्थ समाज र व्यक्ति, जातिय अनुसार फरक फरक भएपनि राज्यले हरेक समुदायको धर्मभित्र सहज र धर्ममैत्री वाताबरण सिर्जना गरी सबै धर्मको लोकप्रियता बढाउने कार्यमा लाग्नुपर्छ’–उनले भने ।

मन्दिर शिलान्यास कार्यक्रममा समाजवादी वीरगंज महानगर कमिटि अध्यक्ष ईश्वर यादव, जिल्ला सदस्य रमेश यादव, युवा नेता कुन्दन ंिसंह कुर्मी, समाजवादी बिद्यार्थी ठाकुराम एकाई अध्यक्ष ठाकुर हरिन्द्र साह, युवा नेता ओम प्रकाश सर्राफ लगायत सयौंंको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्