पानीजहाजका क्याप्टेन अचानक पानीमा हामफालेपछि



१७ फागुन २०७६, काठमाडौं

म्यानमारमा पानीजहाजका क्याप्टेन अचानक पानीमा हामफालेका छन् ।

म्यानमारको डाला पोर्टमा यात्रुको खचाखच भरिएको ६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले अचानक पानीमा हामफालेका हुन् ।

समाचार एजेन्सीहरुका अनुसार केही दिन अघि उनी याङ्गुन नदीमा डुब्न लागेकी महिलालाई बचाउनका लागि पानीजहाजबाट हामफालेका हन् । क्याप्टेनले जहाजबाट ४० फिट तल नदीमा हामफालेर ती महिलालाई बचाएका थिए ।

एक महिला अचानक जहाजबाट पानीमा खसिन् उनलाई बचाउनलाई म हामफालेँ ।’ ‘यतिका वर्ष मैले यति धेरै मानिसलाई यसरी बचाइसकेको छु कि उनीहरुको संख्या पनि मलाई याद छैन,’भनेर क्याप्टेनल बताएका छन् । ‘अब म बुढो भइसकेँ, म मरेँ भने पनि फरक पर्दैन, म हुँदाहुँदै कुनै युवा डुबेर मर्नु भएन, त्यही सोचेर म जहाजबाट हामफालेका हो ।’

उनले ३४ वर्षीया महिला किन चान म्यालाई सकुशल उद्धार गरेका हुन् । क्याप्टेन एइलाई जहाजका अन्य क्रु र यात्रीले समेत महिलाको उद्धारमा सहयोग गरेका थिए ।

उद्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्थामा सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्