अनुहार होईन सेवाग्राहीको सूचनाको कार्य प्रकृती हेरेर अनुसन्धान गर्नु : प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल



१६ फागुन २०७६, काठमाडौं

सूचनालाई व्यक्तिको अनुहार हेरेर  प्राथमिकता होइन कार्य प्रकृती हेरेर अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मातहत कार्याहरूका अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कार्मचारीहरूलाई शुक्रबार दिउसो नेपाल पुलिस क्लव भृकुटी मण्डपमा निर्देशन दिदैं सो कुरा बताएका हुन् ।

निर्देशन दिदैं पोखरेलले नेपाल प्रहरीको सफलताको सुचक अपराध अनुसन्धान भएकाले लोभलाभमा नपरी निश्पक्ष, पारदर्शी र भेदभाव रहित अनुसन्धान हाम्रो प्रमुख एजेण्डा हो भन्दै व्यक्ती अनुसार फरक फरक अनुसन्धान हुन्छ भन्ने आरोप लाग्ने गरेकाले सो गर्न नपाउने गरी कार्य गर्नुपर्ने बताए  । प्राप्त सूचनाको सहि विश्लेषण गरी तल्काल प्रतिक्रिया गर्न निर्देशन समेत दिए । अपराध अनुसन्धानमा कार्य गर्ने सम्पूर्ण कर्मचारीहरू कार्यगत रूपमा विशेष भएकाले यसको गाम्भिर्यतालाई मनन् गर्दै एउटा जवानले गल्ती गर्दा त्यसको जिम्मेवार कमाण्डर पनि हुनु पर्ने त्यसले उन्नमुक्ती नपाउने जानकारी गराए । घटनाको अनुसन्धान गर्ने क्रममा समयानुकुल अभिलेखिकरण गर्ने र डकुमेन्टेशनमा कही कतै नचुक्नु भन्दै कानुन कार्यान्वयमा निर्ममता पूर्वक प्रस्तुत हुनु समेत निर्देशन दिएका छन् ।

तपाइको क्षेत्रमा अपराध कति घटयो, कति सफल अनुसन्धान गर्नुभयो त्यो तपाईको मुल्यांकनको विषय हो भन्दै नागरिकले फरक ढङ्गले अनुभुती गर्ने गरी कार्य गर्न निर्देशन दिए । लोभलाभ, प्रभाव र भेदभाव ४ कुराबाट टाढा रहनु भन्दै ‘रौं’ बराबरको कमीकमजोरीलाई पनि आफुले माफ गर्न नसक्ने देखि जागिरबाट बर्खास्त गर्ने सम्मको कारवाही गर्ने  र उत्कृष्ट सेवा प्रवाह गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्