पार्टीमा विवाद चुलिएको बेला सुकुटे पुगे प्रचण्ड



१६ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्।

प्रचण्ड शुक्रबार (आज) हेलिकोप्टरमार्फत सुकुटे पुगेका हुन्।

महत्वपूर्ण राजनीतिक निर्णय गर्नुअघि सुकुटे पुग्ने गरेका प्रचण्ड आरामका लागि भन्दै त्यहाँ पुगेका हुन्।

पार्टीमा राष्ट्रिय सभामा कसलाई लैजाने भन्ने विवाद तीव्र भइरहेका बेला त्यहाँ पुग्नुलाई विशेष रुपमा हेरिएको छ।

आज बिहानै नेकपाका केही शीर्ष नेतासँग गोप्य छलफल गरेका उनी छलफलपछि गृह जिल्ला चितवन पुगेका थिए।

उनी चितवनबाटै सुकुटेतर्फ लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्