झुठो लान्छना र गालीबेइज्जती गरेको भन्दै बाँस्कोटाले हाले अदालतमा मुद्दा



१६ फागुन २०७६, काठमाडौं

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन डिल गरिरहेको अडियो सार्वजनिक भएपनि पदबाट राजीनामा दिएका निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्काटाले आफूमाथि झुठा लान्छना लगाएको र गालीबेइज्जती गरेको भन्दै अदालतमा मुद्दा हालेका छन्।

शुक्रबार (आज) उनले आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका हुन्। उनले कमिसनमा मोलमोलाइ गरेको अडिओमा बोल्ने विजयप्रकाश मिश्रलाई प्रतिवादी बनाएका छन्।

“म विरुद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत् जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु।” उनले फेसबूकमा लेखेका छन्।

यसअघि बिहीबार (हिजो) काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको बचाउ गर्दै उक्त टेप बाँस्कोटाको हो भनेर प्रमाणित नभएको प्रतिक्रिया दिएका थिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्