‘प्रधानमन्‍त्रीले पार्टी सचिवालयको निर्णय मान्‍नैपर्छ’



१६ फागुन २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालयको निर्णय प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले मान्नैपर्ने बताएका छन्।

शुक्रबार (आज) बिहान गृह जिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले सचिवालयले सर्वसम्मत पारित गरेको निर्णय मान्नैपर्ने बताएका हुन्।

“उपाध्यक्ष वामदेव गौतमजीलाई राष्ट्रिय सभामा पठाउने सचिवालयले सर्वसम्मत निर्णय गरेको हो।” अध्यक्ष प्रचण्डले भने, ‘निर्णय प्रधानमन्‍त्रीले मान्‍नुहुन्छ, मान्‍नै पर्छ। एकदुई दिनमा थाहा पाइहाल्नुहुन्छ।’

राष्ट्रिय सभाको रिक्त हुने सिटमा वामदेव गौतम नै जाने अध्यक्ष प्रचण्डको भनाइ थियो। “अर्थमन्त्रीज्यूको पदावधि सकिए पनि ६ महिनालाई प्रधानमन्त्रीज्यूले उहाँलाई नै अर्थमन्त्री राख्‍न सक्‍ने हुनु भयो।”उनले भने, ‘त्यो प्रधानमन्त्रीको हातको कुरा भयो। उहाँले के चाहनुहुन्छ भन्ने तर राष्ट्रिय सभामा वामदेव गौतमजी नै जानु हुन्छ।’

गौतमलाई प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा आफूले कल्पना पनि गर्न नसक्ने दाहालले बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्