सुत्नुअघि एक गिलास मनतातो दूध



१६ फागुन २०७६, काठमाडौं

बिहान होस् वा बेलुका जुनसुकै समयमा पनि दूध पिउन सकिन्छ।

तर राति सुत्नुभन्दा अगाडि दूध पिउनु स्वास्थ्यको लागि लाभदायिक मानिन्छ।

रातिको सयममा दूध पिउँदा दूधमा पाइने सबै तत्वहरु शरिरले सजिलै ग्रहण गर्न सक्छ।

चिकित्सकहरु पनि राति दूध पिउनु स्वास्थयको लागि उत्तम रहेको बताउँछन्।

राति सुत्न भन्दा अघि दुध पिउनुको फाईदाहरु

मिठो निन्द्राको लागि

राति सुत्नुअघि दूध पिउँदा मिठो निन्द्रा आउँछ। जसलाई राति निन्द्रा नलाग्ने समस्या छ ति व्यक्तिहरुले राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ।

दूधले मानसिक तनाव कम गर्न मद्दत गर्छ। दूध पिउँदा दिमाग शान्त रहन्छ।

दूधमा पाइने ट्रिप्टोफेन अमीनो एसिडले राम्रो निन्द्राको लागि मद्दत गर्छ। यसका साथै यसले दिमागलाई बलियो पनि बनाउँछ।

मस्तिष्कलाई तेजिलो बनाउन राति सुत्नुअघि एक गिलास दूध पिउनुपर्छ।

पाचन शक्ति बढाउँछ

दूधले शरीरमा पाचन प्रक्रियालाई बलियो बनाउँछ। राति खानामा जे खाए पनि सुत्नुअघि मनतातो दूध पिएर सुत्दा त्यसले खाना पचाउन मद्दत गर्छ।

त्यस्तै, दूधले खानामा भएको मसलाको असर पनि कम गराउँछ। दूधले शरिरमा शक्ति दिन्छ भने प्रजनन् प्रक्रियालाई पनि वृद्धि गर्छ।

गुडसँग दूध

दूधमा गुड मिसाएर दूध पिउँदा पेटका थुप्रै समस्याहरु समाधान हुन्छ। दूध र गुड सँगै सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि हुन्छ। यसले छालालाई पनि चम्किलो बनाउँछ।

रातमा दूध पिउँदा रक्तचाप सन्तुलित राख्ने काम गर्छ। साथै, दूधमा पाइने सेसिन र व्हे प्रोटिनले मासंपेशी मजबुज बनाउँछ।

प्रतिक्रिया दिनुहोस्