नेकपा बागमती प्रदेशको बृहत राजनैतिक प्रशिक्षण तथा भेला सम्पन्न (फोटो फिचर)



१५ फागुन २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी बागमती प्रदेश संगठन कमिटीको पहिलो ‘प्रदेश स्तरीय प्रशिक्षण तथा  भेला’ सम्पन्न भएको छ ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आतिथ्यतामा सम्पन्न प्रशिक्षणमा अध्यक्षहरुले पार्टी एकता छिटो टुङ्गयाउन प्रदेश नेतृत्वलाई निर्देशन दिएका छन् ।

प्रशिक्षण तथा भेलामा बागमती प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेश ईन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रिय प्रशिक्षण विभाग प्रमुख ईश्वर पोखरेल, बरिष्ठ नेता माधव कुमार नेपालले सहभागीहरुलाई प्रशिक्षित गर्दै पार्टी एकता तल्लो तहसम्म सम्पन्न गर्दै पार्टी र जनताबिचको सम्बन्ध सुमधुर बनाउन निर्देशन दिए ।

प्रदेश सचिव आनन्द पोखरेलद्वारा संचालित कार्यक्रममा जनसाँस्कृतिक महासंघका विभिन्न प्रस्तुतीहरु समेत प्रस्तुत गरिएका थिए ।

फोटोमा नेकपाको ‘राजनैतिक प्रशिक्षण तथा भेला’

यो पनि पढ्नुहोस् : 

मदन भण्डारी सम्झदै प्रचण्डले भने, ‘नेकपा सुदृढ छ : जनताको चाहना पुरा गरेरै छोड्छ’

‘नेकपालाई विभाजनको दिशामा जान दिन्नँ’

प्रधानमन्त्रीले भने, ‘टेप बाँस्कोटाकै हो भन्ने प्रमाण छैन’

 

प्रतिक्रिया दिनुहोस्