नेपाली भाषा शिक्षा समाजको कार्यविभाजन, को कहाँ ?



१५ फागुन २०७६, काठमाडौं

बसेको नेपाली भाषा शिक्षा समाजको तदर्थ समितिको बैठकले संयोजकमा प्रा.डा. शर्वराज आचार्यलाई चयन गरेको छ । सहसंयोजकमा हिमलाल पुरी, सचिवमा डा. दुर्गाप्रसाद दाहाल, सहसचिवमा भारती अधिकारी र कोषाध्यक्षमा दिनेश घिमिरे र सदस्यहरुमा उद्धव कुमार शर्मा, रामकुमार राई, इन्द्रकुमारी देवकोटा, डा। नारायणप्रसाद पन्थ, डा. हर्कबहादुर शाही, डा. केशव भुसाल, दीपकबाबु निरौला र अर्जुन दाहाल रहेका छन् ।

उक्त बैठकले रामकुमार राईको संयोजकत्वमा बुद्धराज खनिया र नारायणप्रसाद पन्थ रहेको ३ सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । तदर्थ समितिले विश्वविद्यालयमा नेपाली शिक्षाका आङ्गिक र सम्बन्धनप्राप्त शिक्षकहरुको प्रदेशगत रुपमा व्यक्तिगत विवरण संकलन गरी प्रदेशगत रुपमा नेपाली भाषा शिक्षा समाजको संगठन निर्माण गर्न प्रदेश संयोजकहरु तोकेको छ ।

प्रदेश नं. १ को संयोजक उद्धव शर्मा, प्रदेश नं. २ को संयोजक दिलिप सिंह, वागमती प्रदेशको संयोजक रामकुमार राई, गण्डकी प्रदेशको संयोजक इन्द्रकुमारी देवकोटा, प्रदेश नं. ५ को संयोजक डा. नारायणप्रसाद पन्थ, प्रदेश नं. ६ को संयोजक डा. हर्कबहादुर शाही र प्रदेश नं. ७ को संयोजक डा. मोहन भट्टलाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्